Section 6
क्वारेन्टाइनमा राख्नु पर्ने
: (१) पैठारीकर्ताले पैठारी गरेका पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्रीलाई परीक्षणको लागि तोकिएको अवधिसम्म क्वारेन्टाइनमा राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम क्वारेन्टाइनमा राखिएका पशुको लागि आवश्यक पर्ने दाना, पानी र सुरक्षाको व्यवस्था सम्बन्धित पैठारीकर्ताले गर्नु पर्नेछ ।
(३) क्वारेन्टाइनमा राखिएको पशु परीक्षण अवधिभित्रै मरेमा क्वारेन्टाइन अधिकृतले त्यस्तो मरेको पशु परीक्षण गरी नष्ट गर्न पैठारीकर्तालाई आदेश दिनेछ ।
(४) उपदफा (१) बमोजिम क्वारेन्टाइनमा राखिएको पशु मरेमा पैठारीकर्ताले कुनै प्रकारको क्षतिपूर्ति दाबी गर्न पाउने छैन ।
(५) क्वारेन्टाइनमा राखिएको पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री परीक्षण गर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।